काठमाडौं। बिगत साँढेर चार दशकदेखि नेपाली सँगीत बृत्तमा सक्रिय बरिष्ट संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटा जीवन योगदान संगीत सम्मान २०७८ बाट सम्मानित हुने भएको छन् ।

उनलाई अग्लेश्वरी हिल्स विकाश कोषले सोमबार काठमाडौंको सोल्टी होटरमा आयोजना गरेको जीवन नेपाल म्युजिक अवार्ड समारोहमा सो सम्मानबाट सम्मानित गरिने भएको छ ।

सोही कार्यक्रममा संगीतकार शिलाबहादुर मोक्तान, गीतकार श्रवण मुकारुङ र गायिका कुन्ति मोक्तान विशिष्ट योगदान संगीत सम्मानबाट सम्मानित हुने भएको छ । यस्तै पत्रकार तर्फबाट अग्रज पत्रकार बिदूर गिरी र मनोहरि थापा पनि कार्यक्रममा सम्मानित हुने भएका छन् । सांगीतिक क्षेत्रबाट आनी छोइङ डोल्मा, मिलन मोक्तान, डा. डि आर उपाध्याय, धनकुमारी थापा (सरु), विशेष सेवा तर्फबाट नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र लेखकबाट शँकर तिवारी पनि बरिष्ट सम्मानबाट सम्मानित हुँदैछन् ।

रामेछापको दोरम्बा, सुनापति र खाँडादेवि गाउँपालिकाको शैलुङ क्षेत्रमा रहेको अग्लेश्वरी हिल्समा विश्वकै अग्लो बुद्धको मुर्ती, महादेवको मूर्ती सहित जीप लाईन र सिसाको ह्याङगिङ ब्रिज निर्माण अभियानको लागि यो अवार्ड कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष सिजम सिंजालीले बताएका छन् । कार्यक्रममा २०७६ सालमा बजारमा आएका गीतहरुबीच प्रतिस्पर्धा हुनेछ ।

जसमा ३० विधामा जीवन नेपाल म्युजिक अवार्ड प्रदान गरिने छ । २०७७ मा आयोजन गर्नु पर्ने यो अवार्ड कोरोना महामारीका कारण २०७८ मा आयोजना गरिएको पनि सिजमले बताएका छन् । कार्यक्रम सोमबार बेलुका ५ बजेबाट सूरु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!