हिपमत डटकम

शनिबार, पौष १७, २०७८ || 620  पटक पढिएको

विराटनगर। विराटनगरस्थित अरनिको कलेजले आयोजना गरेको वक्तृत्वकलामा कक्षा १२ का छात्र प्रविण सापकोटा प्रथम भएका छन् ।

शुक्रबार क्याम्पस प्राङ्गणमा आयोजित कार्यक्रममा दुई दर्जन प्रतिस्पर्धीलाई उछिन्दै सापकोटा प्रथम भएका हुन् । विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुट गराउने उद्देश्यले आयोजित प्रतियोगितामा कक्षा १२ कै स्निग्धा कोइरालाले द्वितीय स्थान प्राप्त गर्दा ओल्सन कार्की र उन्नति पौडेलले तृतीय स्थान हासिल गरेका छन् । उनीहरू दुवैजना कक्षा ११ मा अध्ययनरत छन् । त्यस्तै ११ कक्षामै अध्ययनरत रोशनी यादवले प्रतियोगितामा सान्त्वना पुरस्कार प्राप्त गरेकी छन् ।

विजयी विद्यार्थीलाई प्रतियोगिताका निर्णायकसमेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार सविता गौतम दाहाल, कलेजका प्रिन्सिपल राजेश कार्की, निर्देशक निलम अधिकारी, शिक्षकहरू विमल भट्टराई, सरल गौतम, सर्वागी भट्टराई, सुरज कोइरालालगायतले अविर लगाएर पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

‘शैक्षिक क्षेत्रमा कोभिड–१९ को प्रभाव’ विषयमा आयोजित प्रतियोगितामा २४ जना विद्यार्थीले भाग लिएका थिए । प्रतियोगितामा प्रथम र द्वितीय हुने विद्यार्थीले हिसान मोरङले आयोजना गर्ने जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा भाग लिन पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!