हिपमत डटकम

बिहिबार, पौष १५, २०७८ || 481  पटक पढिएको

विराटनगर। नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको अध्यक्षमा किशोर विश्वकर्मा चयन भएका छन् । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज विनोद ढकालको प्रमुख आतिथ्यतामा बेलबारीमा सम्पन्न जिल्ला भेलाले विश्वकर्मालाई मुक्ति समाज मोरङको अधिवेशन आयोजक कमिटीको अध्यक्ष चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा कटहरी गाउँपालिकाकी सुमनकुमारी सरदार, सचिवमा विराटनगरका विनोद चहार, सहसचिवमा कानेपोखरीकी दुर्गा नेपाली र कोषाध्यक्षमा विराटनगरकै रत्न परियार चयन भएका छन् ।

११७ सदस्यीय कमिटीले आगामी माघ मसान्त भित्रमा जिल्ला अधिवेशन गर्ने अध्यक्ष विश्वकर्माले जानकारी दिए ।
त्यस्कै कमिटीको सदस्यहरुमा केदार नेपाली, टिका विश्वकर्मा, जानुका बराइली, पबित्रा बराईली, पबित्रा विश्वकर्मा, मञ्जिला कार्कीढोली, फूलचन्द पासवान, योगेन्द्र शिवा, शम्भु हिंगमांगलगायत रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज ढकालले मुक्ति समाजले आम दलित समुदायको अगुवाई गर्दै सो समुदायका सवालहरुलाई शसक्तरुपमा उठाउँदै आएको बताए ।

उनले भन्दा पहिले २०४५ सालमा दलित समुदायलाई राजनीतिक रुपमा नेकपा (एमाले) ले संगठित गरेर दलित समुदायका सवालहरुलाई राजनीतिकरुपमा उठाउदै आएको बताए ।

नेता ढकालले देश र जनताका लागि नेकपा एमालेसँग मात्र स्पष्ट योजना रहेकाले आगामी तिनै तहको निर्वाचनमा अत्याधिक मतसहित विजयी गराउनुपर्ने बताए । उनले निर्वाचनमा एक्लै लड्ने तागत कुनै दलसँग नरहेकाले एमालेविरोधी दलहरु गठबन्धन भन्दै हिँडिरहेको बताए ।
कमिटीका पदाधिकारी तथा सदस्यहरुको घोषणा मुक्ति समाज मोरङकाव इन्चार्ज जितनारायण सरदारले गरेका थिए । कार्यक्रममा राष्ट्रियसभाका पूर्वसांसद तथा मुक्ति समाज प्रदेश १ इन्चार्ज खेम नेपालीले कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण गराएका थिए ।

कार्यक्रममा, संविधानसभा सदस्य मधु गुरुङ, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य डिबी राई, बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली, मुक्ति समाजका केन्द्रीय सदस्य तथा मोरङ सहइन्चार्ज भद्रमान विश्वकर्मा, केन्द्रीय सदस्य गिता शिवा, प्रदेश कमिटीका सदस्यहरु र जिल्लाभरका सयौँ दलित अगुवाहरुको उपस्थिती थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!