पानी चुहावट रोक

सम्पादकीय

बिहिबार, पौष १५, २०७८ || 487  पटक पढिएको
फ़ाईल तस्बिर

विराटनगर महानगरपालिकादेखि १५ मिटर दूरी दक्षिण सडकमा वर्षांैदेखि निरन्तर पिउने पानीको पाइपबाट पानी रसाइरहेको (चुहिरहेको) भनेर समाचारहरू सार्वजनिक भएका छन् । सार्वजनिक गरिएका ती समाचारप्रति सम्बन्धित निकायको ध्यान जान सकेको अवस्था छैन ।

पाइपबाट पानी चुहावट भएको महानगरपालिकाका वरिष्ठदेखि कनिष्ठ पदाधिकारी एवं प्राविधिकहरूले देखेर पनि नदेखे झै गरिरहेका छन् ।
किनकि उनीहरू दैनिक दशौंपटक पानी रसाएको स्थानमा आउजाउ गरेपनि कसैले पनि ध्यान दिएको अस्थिति छैन । सडक निर्माणका वखत नेपाली खानेपानी संस्थानअन्तर्गतको खानेपानीको पाइप फुटेपछि पानी चुहावट हुन थालेको हो ।

पानी चुहिएको स्थानमा सानो खाल्डो पनि छ । त्यसरी पाइपबाट पानी चुहिएर अहिलेसम्म लाखांै लिटर पानी खेर गयो होला । त्यसको अहिलेसम्म लेखाजोखा गरिएको छैन । तथापि यसबारेमा न महानगरपालिका न त खानेपानी संस्थानलाई कुनै मतलव छ । सार्वजनिक स्थानको पाइप रहेकोले सर्वसाधारणले पनि खासै चासो दिएका छैनन् ।

महानगरपालिका छेउमा पसल संचालन गरेर बसेका संजय मानन्धरले महिनांैदेखि सडकमुनीबाट पानी रसाए पनि मर्मततर्फ कसैले ध्यान नदिएको गुनासो राख्नु पनि जायज हो । बेवास्थाबाट सरकारी संयन्त्र कत्तिको जिम्मेवार रहेछ भन्ने कुरा यही सानो कुराले पुष्टि गरेको छ भन्दा अतियुक्ति नहोला ।

जीवनका लागि अमूल्य पानी यसरी बवार्द हुँदापनि कुनै निकायले यसलाई ठीक गर्न रूची नराख्नु दुःखको विषय भएको छ । यो त पिउने पानीको पाइपबाट पानी चुहावट भएको एउटा सामान्य उदाहरणमात्र हो । यस्ता कयौं ठाउँमा पिउने पानीको पाइप फुटेर वा चुहिएर एक त पानी खेर गइरहेको छ भने अर्कोतर्फ सडकमा पानी जमेर सडक भत्किने वा भत्किएको स्थिति पनि छ । पाइपको पानी चुहावट भएको विषयमा उपभोक्ता तथा स्थानीय व्यक्तिहरूले पनि चासो राख्नु पर्ने हो ।

यस विषयमा सम्बन्धित निकायले नियमित अनुगमन गर्ने गरेमा पानी चुहावट वा अन्य समस्या समयमै समाधान हुने थियो । यसतर्फ अहिलेसम्म पहल नहुनु बिडम्बना नै हो । पिउने पानी व्यवस्थापन गर्ने सम्बन्धमा नेपाल खानेपान्ी संस्था वा महानगरपालिका खानेपानी महाशाखाले बेवास्ता गरेमा त्यो भन्दा नि माथिल्लो निकायमा उजुरी दिन सकिन्छ ।

उपभोक्ता स्वयम्ले दबाव दिन सक्छन् । दबावबाट नै सम्बन्धित निकायको ध्यान आकर्षण गर्न सकिन्छ । तसर्थ, पिउने पानीजस्तो अति संवेदनशील तथा आधारभूत आवश्यकताको वस्तुलाई त्यसै खेर जान दिनु भनेको मानिसहरूका लागि दुर्भाग्य हो । यस विषयतर्फ सबैको ध्यान जानु जरूरी हुन्छ ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!