हिपमत डटकम

बिहिबार, पौष १५, २०७८ || 594  पटक पढिएको

विराटनगर। युवा गजलकार विनोद विवशको ‘अचानोमा जीवन’ गजलसङ्ग्रहको बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ ।

डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले आयोजना गरेको कार्यक्रममा सङ्ग्रहको विमोचन गरिएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, साहित्यकार जिज्ञासु पन्त, कवि नेत्र काफ्ले, गजलकार देवी पन्थीलगायतले संयुक्त रुपमा सङ्ग्रहको विमोचन गरेका थिए ।

विमोचित कृतिका बारेमा समालोचक हरि कट्टेलले समीक्षा गरे । कृतिको समीक्षा गर्दै उहाँले सङ्ग्रहमा धेरै विषय र स्वादका गजलहरु समावेश भएकाले पठनीय रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका साहित्यकार सुवेदीसहित धरान उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष नेत्र काफ्ले, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं, विराट आदर्श साहित्य मञ्चका संरक्षकसमेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदित, नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा गजलकार मञ्जुश्री गिरी, प्रमोद ढकाल, मदन भण्डारी, हेमन्त निरौला, राधा सुवेदी, दीपा वाग्ले, विनोद रिजाललगायतले सङ्ग्रहभित्रका गजलहरु प्रस्तुत गरे ।

डियर कल्याण प्रतिष्ठानले प्रकाशित गरेको कृतिमा विभिन्न विषयवस्तुमा आधारित २ सय ३ वटा गजल सङ्ग्रित छन् । विवशको यसअघि ‘छचल्किएको आँसु’ मुक्तकसङ्ग्रह प्रकाशित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!