हिपमत डटकम

बुधबार, पौष १४, २०७८ || 630  पटक पढिएको
आकाश अग्रवाल. छाला तथा सौन्दर्य विषेशज्ञ

मौसम परिवर्तनको प्रभाव सबैभन्दा पहिले छालामा देखिने हुन्छ । जसकारण जाडो महिनामा छालाको हेरचाह गर्नु महत्वपूर्ण हुन्छ ।

जाडोको समयमा चिसो हावा चल्ने र वातावरण पनि चिसो हुन्छ । जाडोमा छाला सुक्खा हुने, चिलाउने, कपालमा चाया पर्ने, अनुहारमा विभिन्न किसिमका समस्या देखिने, ओठ फुट्ने, हात खुट्टाको फुस्रो हुने लगायतका समस्या देख्ने गरिन्छ ।

जाडो मौसममा देखिने छालाका समस्याहरूबाट बच्न विभिन्न उपायहरू अपनाउन सकिन्छ ।

स्किन एन्ड ब्युटी थेरापिस्ट आकाश अग्रवालका अनुसार जब बाहिरी हावा चिसो हुन थाल्छ, शरीरले रक्तनलीहरूलाई सङ्कुचित गरेर शरीरलाई न्यानो राख्ने प्रयास गर्छ । नतिजास्वरुपमा छालाका बाहिरी तह सुख्खा र सुस्त हुन्छन्, जसकारण छाला फुस्रो हुने, फुट्ने तथा चिरा पर्ने जस्ता समस्याहरू निम्तिने उनको भनाइ छ ।

त्यसकारण जाडो महिनामा छालाको हेरचाह गर्नका लागि दैनिक स्किन केयर रुटिन बनाउनु पर्ने उनको सुझाव छ । जाडो मौसममा छालालाई हानी हुनबाट जोगाउन केही सजिलो उपायहरू छन् । अग्रवालका अनुसार यस्ता उयातलाई दैनिक स्किन केयर रुटिनमा समावेश गर्न आवश्यक छ स्

१। नियमित मोइस्चराइजरको प्रयोगः चिसो मौसमले छालाको प्राकृतिक ओसिलोपन हटाउन सक्ने हुँदा बिहानमात्र नभई रातको समयमा पनि स्किन केयर रुटिन फलो गर्न आवश्यक हुन्छ । जाडोमा छालालाई सुक्खा हुनबाट जोगाउनका लागि बिहान र रातिको समयमा मोइस्चराइजरको अनिवार्य प्रयोग गर्नुपर्छ । दिनको अन्त्यमा स्किन केयर गर्न जागर नभएमा एक मोइस्चराइजिङ मेकअप रिमुभरको प्रयोग गर्न सकिन्छ ।

२। एसपिएफको प्रयोगः सूर्यबाट निसक्ने युभी किरणले गर्दा हुने क्षतिले छालालाई वर्षभरि असर गर्न सक्छ । विशेषगरी हिउँ परेको छ र सूर्यको किरण छालामा परेमा यसले छालामा थप क्षति पुर्‍याउन सक्छ । छालालाई घामबाट जोगाउनका लागि एसपिएफ भएको टिन्टेड मोइस्चराइजरको प्रयोग गर्नुपर्छ ।

३। ह्युमिडिफायरमा लगानीः जाडोमा घर तथा कोठालाई तातो राख्नका लागि विभिन्न उपकरणको प्रयोग गरिन्छ । यसले हावामा रहेको ओसिलोपनलाई सुक्खा बनाउने काम गर्छ । त्यसैले छालाको हेरचाहका लागि ह्युमिडिफायरमा लगानी गर्नु उचित हुन्छ ।

४। प्रशस्त पानी पिउनु आवश्यकः छालाको हेरचाहका लागि पानी पिउनु सबैभन्दा आवश्यक हुन्छ । जाडो महिनामा हाइड्रेटेड रहनका लागि दैनिक आठ गिलास पानी पिउन सुझाव दिइन्छ ।

५। नुहाउँदा तातो पानीको प्रयोग गर्न नहुनेः लामो समयसम्म तातो पानीले नुहाउने वा हट सावरमा बस्नु आरामदायी हुन सक्छ । तर, तातो पानीले छालाको ओसिलोपन हटाएर छालालाई सुक्खा बनाउन सक्छ । नुहाउने समयलाई घटाएर दस मिनेटमा सीमित गर्नुका साथै नुहाउन हल्कादेखि मनतातो पानीको प्रयोग गर्नुपर्छ ।

६। ओसिलो छालामा मोइस्चराइजरको प्रयोगः नुहाउनेबित्तिकै, छाला ओसिलो भएको बेलामा मोस्चराइजरको प्रयोग गर्नु उचित हुन्छ ।

७। न्यानो रहनु जरुरीः जाडोमा न्यानो रहनका लागि तन्न लुगा लगाउन जरुरी हुन्छ । विन्ड बर्नबाट बच्नका लागि अनुहार र घाँटीमा राम्रो कभरेज दिने स्कार्फ लगाउनु उचित हुन्छ ।

८। ओठलाई एक्सफोलिएट गर्न आवश्यकः जाडोमा ओठ फुट्ने समस्या धेरैमा हुने गर्छ । फुटेको ओठको लागि लिपबामको प्रयोग उपयोगी हुन्छ तर कहिलेकाहीँ यसले काम नगर्न सक्छ । ओठलाई एक्सफोलिएट गर्नका लागि सफा टुथब्रसको प्रयोग गर्न सकिन्छ । ओठका मृत छाला हटाएर लिपबाम लगाउनाले ओठको मोइस्चर लामो समयसम्म रहिरहन सक्छ ।

९। राम्रो फेसियल ओयलको प्रयोगः गर्मीको मौसममा छालाका लागि तेलमा आधारित उत्पादनहरूको प्रयोग गरिँदैन । तर, जाडोमा यस्ता फेसियल ओइलले छालालाई धेरै राम्रो बनाउँछ । अनुहारको सुस्तपन हटाउन र छालाको माथिल्लो तहलाई पोषण दिनका लागि हप्तामा तीन पटक फेसियल ओइल प्रयोग गर्न सकिन्छ ।

१०। चम्किलो छालाको लागि डाइटमा ध्यान दिनुपर्नेः जाडोमा धेरै भोक लाग्ने तथा रुच्ने हुँदा विभिन्न खानेकुरा वा जङ्कफुड खाने चाहना हुन्छ । तर छालालाई स्वस्थ राख्नका लागि प्रशस्त मात्रामा भिटामिन ए र सी भएको खानालाई आहारमा समावेश गर्न जरुरी हुन्छ ।

११। नियमित रूपमा ह्यान्ड क्रिमको प्रयोगः हाम्रो हात क्षणिक रुपमा विभिन्न तत्वहरूसँगको सम्पर्कमा आउनु पर्ने हुन्छ । छाला सुक्खा हुने समस्या भएका मानिसले दैनिक ह्यान्ड क्रिमको प्रयोग गर्नुपर्छ । हात धेरै चिप्लो हुन नदिनका लागि सिलिकन आधारित ह्यान्ड क्रिमको प्रयोग गर्न सकिन्छ ।

१२। लगाउने लुगामा ध्यान दिन जरुरीः जाडोमा लगाउने र मनपर्ने आरामदायी जम्पर ऊन वा सिन्थेटिक फाइबरबाट बनेको हुन सक्छ । यसले संवेदनशील छालालाई सुक्खा पार्न सक्छ । छाला सुक्खा भएपछि विभिन्न समस्या निम्तिन सक्ने हुँदा यस्ता लुगा लगाउनुअघि भित्र सुतीको लुगा लगाउन सुझाव दिइन्छ ।

१३। व्यायाम गर्नुपर्छः स्वस्थ छालाका लागि खानपान जस्तै व्यायाम पनि त्यति नै महत्वपूर्ण हुन्छ । नियमित व्यायाम गर्नाले रक्तसञ्चारमा सुधार हुन्छ र छालालाई थप चमक दिन्छ । वाकमा जानेहरूले हावाबाट बच्नका लागि न्यानो लुगा लगाउने कुरामा ध्यान दिन जरुरी हुन्छ ।

१४। आँखाको पनि हेरचाह आवश्यकः आँखा वरपर पातलो छाला हुने हुन्छ । विशेषगरी जाडो महिनामा आँखा वरपरका छाला कमजोर हुने हुँदा राम्रो आइक्रिमको प्रयोग गर्नुपर्छ । प्राकृतिक उपचारका लागि ग्रीन टि(ब्यागको प्रयोग गर्न सकिन्छ । सुत्न अगाडि पाँच मिनेटसम्म ग्रीन टि(ब्यागलाई आफ्नो आँखामा राखिराख्ने गर्दा आँखामुनिको कालो दाग हटेर जान्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!