हिपमत डटकम

आइतबार, पौष ११, २०७८ || 697  पटक पढिएको

काठमाडौ । नेपाली कलाकारहरु पनि विस्तारै अन्य देशमा फिल्महरुमा देखिन थालेका छन् । मनिषा कोइराला, सुनिल थापा लगायतका कलाकारहरुले भारतीय फिल्ममा निकै राम्रो स्थान बनाए । अब पछिल्लो पुस्ताका कलाकारहरु पनि अन्य मुलुकका फिल्ममा देखिन थालेका छन् । अभिनेत्री स्वस्तिमा खड्कापछि आँचल शर्माले पनि साउथ इन्डियन फिल्ममा डेब्यू गरेकी छन् ।

उनले नेपालमा छायांकन भएको तेलुगू फिल्म ‘हिटम्यान’ मा मुख्य भूमिकामा अभिनय गरेकी हुन् । १५ दिनसम्म काठमाडौं र पोखरामा छायांकन भएको फिल्ममा उनले नेपालीमै संवाद बोलेकी छन् । फिल्ममा उनको अपोजिटमा नेपाली मुलका तेलुगू कलाकार विष्णु अधिकारी प्रस्तुत छन् ।

विष्णु फिल्मका निर्देशक पनि हुन् । उनले अब फिल्मको १० प्रतिशत मात्र छायांकन बाँकी रहेको र त्यसलाई भारतको हैदराबादमा खिच्ने तयारी भएको जानकारी दिए । उनका अनुसार, नेपालमा फिल्मको ५० प्रतिशत छायांकन गरिएको छ । उनले नेपालमा खिचिएको भागमा नेपाली भाषामै संवाद समावेश गरिएको र भारतमा खिचिएको भागमा तेलुगू भाषामा संवाद राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!