रबिन्द्र बराल

शनिबार, पौष १०, २०७८ || 405  पटक पढिएको

रंगेली। सुचना समृद्दी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड काे ९ ओैं साधारणसभा सम्पन्न गरेको छ। रंगेली नगरपालिका ७ स्थित मेलिना गेष्ट हाउसमा सभाहलमा बार्षिक साधारणसभा गरेको हाे । आर्थिक बर्ष ७७/७८ को आयव्यय प्रस्तुत समेत संस्था का सचिव सराेज मंण्डलले गरेका थिए । संस्थाले कुल २ करोड १७ लाख ३९ हजार ३ सय ४४ रुपैया लगानी गरेकाे छ ।

संस्थाले ७३ लाख ६६ हजार ४२ रुपैयाँ कूल आम्दानी गरी कुल खर्च ७३ लाख १० हजार ७ सय २७ रुपैया गरेको छ । संस्थाले ७७ हजार ६ सय ७ रुपैया शुद्ध मुनाफा समेत गरेको छ । संस्थामा ५ सय ११ जना शेयर सदस्य रहेका छन । संस्थाले रंगेली नगरपालिका , सुनवर्सि नगरपालिका , क्षेत्रमा कृषि फाईनान्स लाई वितिय कारोवार गर्दे आइरहेको छ ।

सो अवसरमा सस्थाले मकालु टेलिभिजन का रंगेली रिपोटर दिलिप अग्रवाल, र एभिन्युज टेलिभिजन माेरङ रिपाेेटर रबिन्द्र बराल लाई समेत संस्थाले सम्पन्न गरिएको थियोे । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणी हरु लाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सहकारी बैक बिराटनगर शाखा प्रमुख प्रभु पाेख्रेल अतिथि हरुमा सद्भाव बचत का अध्यक्ष कमलेश्वर ठाकुर , स्थानीय अमित यादव लगायत विभिन्न संस्था का प्रतिनिधि हरुकाे समेत उपस्थिति रहेको थियोे ।

कार्यक्रममा संबाेधन गर्दे अतिथि हरु ले गाउँ घरमा रहेको सहकारी ले गरिव र अार्थिक स्थित न्यून भएको घरपरिवार लाई सस्तो व्याजदर का ऋिण उपलब्ध गराएकाे मा धन्यवाद समेत दिएका छन । सहकारीका अध्यक्ष सिनाेद झा काे सभापतित्वमा कार्यक्रम सम्पन भएको थियोे

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!