रबिन्द्र बराल

शनिबार, पौष १०, २०७८ || 405  पटक पढिएको

मोरंग, सडक अनुसाशन पालन तथा सवारी दुर्धटना न्युनिकरणका लागि ट्राफिक सप्ताह जनचेतनामूलक कार्यक्रम पुस ४ गतेदेखि १० गतेसम्म मनाउँदै आज देखि सम्पन्न भएको छ ।

प्रदेश नम्बर १ काे १४ जिल्ला का सम्पुर्ण युनिटलाई निर्देशन दिए संगै आज देखि सप्ताह कार्यक्रम सम्पन्न भएको हाे । साेहि क्रममा रंगेली अस्थाई ट्राफिक चेक ले पनि विभिन्न कार्यक्रम काे आयोजना गर्दे ट्राफिक सप्ताह मनाएकाे छ । रंगेली चेक पाेष्टले साता दिन भित्र रंगेली बिराटनगर सडका गुडने सार्वजनिक बस मा यात्रु हरु संग चालक तथा सहचालक हरुले यात्रु हरु प्रति गर्ने व्यवहार तथा बसमा अपांग , महिला, हरु काे सिटकाे व्यवस्थापन र भाडा दर सम्धित कुरा हरु काे समेत जानकारी लिएका थियो ।

साेहि क्रममा माउन्ट मकालु बाेडिङ स्कुलमा रहेकाे बिधार्थिहरु लाई समेत ट्राफिक सम्धित जनचेतनामूलक कार्यक्रम काे समेत आयोजना गरेका थिए । आन्तरिक मामिला कानुन मन्त्रालय तथा १ नम्बर प्रदेश ट्राफिक कार्यलय काे आयोजना मा साप्तह कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी का प्रहरी निरिक्षक चन्द्र बहादुर खड्काले बताए ।

उनले भने आफुहरुले साता दिनमा सडक सुशान , सडक दुर्घटना कम गर्ने विभिन्न संध,संस्था हरुकाे सहयोगमा सप्ताह कार्यक्रम गर्ने सफल भएको खड्काले जानकारी दिए । त्यसैगरी रंगेली काे मुख्य चाेकमा रहेको कालिमंन्दिर काे प्राङ्गणमा टेम्पु, सिटिसफारी तथा बस चालक हरु लाई एक दिने स्वास्थ्य परिक्षण आँखा काे समेत परिक्षण गरेका थिए । स्वास्थ्य परिक्षणमा टाईम्स अस्पताल तथा सिद्धाथ अस्पताल का अहेवा र डाक्टर हरु ले चालक हरु काे स्वास्थ्य परिक्षण समेत गरेको अस्थाई ट्राफिक चेक पाेष्ट का प्रमुख निलमिण पाेख्रेल ले बताए ।

पछिल्लो समयमा ट्राफिक हरुले सवारी चेक जाँचका क्रममा माेटरसाईकल, टेम्पु सार्वजनिक वस , तथा ट्याक्टर हरुकाे मात्रै चेक जाँच हुदै आईरहेता पनि ट्राफिक प्रहरी हरुले निजि कार , मारुती तथा सरकारी नम्बर प्लेटका सवारी साधन हरु लाई भने कुनै पनि चेक जाँच नगरि छाडिने गर्दा माेटरसाईकल चालक हरुले भने आफू हरु लाई मात्रै ट्राफिक प्रहरीले दुख दिने गरेको र चिल्ला सरकारी गाडि हरु लाई चेक जाँच नगरि छाडने गरेको आराेप समेत लगाउदै आएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!