बुधबार, फाल्गुण ०७, २०७६ || 622  पटक पढिएको

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध तथा व्यारेज निर्माणस्थलको निरीक्षण गरेका छन् ।

उद्योग वाणिज्य संघ सुर्खेतको आयोजनामा भएको दोस्रो कर्णाली एक्स्पोको उद्घाटनका लागि सुर्खेत आएका उनले मंगलबार साँझ भेरी नदीको चिप्लेमा निर्माण हुन लागेको व्यारेजको निरीक्षण गरेका हुन् ।

चिप्लेबाट १२ किलोमिटर लामो सुरुङमार्फत भेरीको पानी बबईमा पु-याइदैँछ । आयोजनाको सुरुङ निर्माण सम्पन्न भइसकेको छ । सुरुङमार्फत भेरीको पानी बबईमा पु¥याएर ४६ मेगावाट जलविद्युत आयोजना निर्माण गर्ने र सो पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिन सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ ।

सो अवसरमा आयोजनाका निर्देशक सञ्जीब बरालले आयोजनाको काम तीब्र गतिमा अघि बढिरहेको जानकारी गराए । उनले आर्थिक वर्ष २०६९÷८० सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको र हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

उपराष्ट्रपति पुनले राष्ट्रिय गौरवको भेरी बबई आयोजनालाई नमूना आयोजनाको रुपमा विकास गर्न ध्यान दिनुपर्ने बताए । उनले आयोजनाको सुरुङ निर्माण सम्पन्न लगायतका प्रगतिमा खुसी व्यक्त गर्दै समयमै निर्माण कार्य सम्पन्न गर्न सबैले इमान्दार भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!