बुधबार, फाल्गुण ०७, २०७६ || 756  पटक पढिएको

फ्रेन्च महारथी पेरिस सेन्ट जर्मन (पीएसजी) युईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्डसँग स्तब्ध बनेको छ । मङ्गलबार राति भएको खेलमा पीएसजी डर्टमन्डसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो ।

घरेलु मैदान डर्टमन्डलाई जिताउन दुवै गोल नर्वेका युवा स्ट्राईकर अर्लिङ ब्राउट हालान्डले गरे । पीएसजीका लागि नेयमारले गोल फर्काए पनि हार टार्न सकेनन् । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । हालान्डले ६९औं मिनेटमा गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाए । राफेल गुरेरोको प्रहार मिस भएपछि सोही बललाई हालान्डले गोल गरेका थिए । त्यसपछि नेयमारले ७५औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । नेयमारले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।

पीएसजीको बराबरीलाई हालान्डले लगतै तोड्न सफल भए । ७७ औँ मिनेटमा हालान्डले डिबक्स छेउबाट गोल गर्दै टोलीलाई जीत दिलाए । हालान्डको सशक्त प्रहारलाई पीएसजीका गोलरक्षक केलर नाभासले नियाल्नसमेत सकेनन् । जारी सिजन उच्च लयमा रहेका हालान्डले २९ खेलमा ३९ गोल गरिसकेका छन् । डर्टमन्ड आएपछि उनले ११ गोल गरेका छन् । पहिलो लेगको हारले पीएसजी दबाबमा रहेको छ । दोस्रा लेग मार्च ११ तारिख पीएसजीको मैदानमा हुनेछ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!