हिपमत डटकम

मंगलबार, पौष ०६, २०७८ || 608  पटक पढिएको

अमेरिकामा ओमिक्रोनबाट पहिलो मृत्युु भएको छ । अमेरिकाको टेक्सासमा ओमिक्रोन संक्रमितको मृत्युको रिपोर्ट सार्वाजनिक भएको हो । स्वास्थ्य विभागका अनुसार यी व्यक्तिले भ्याक्सिनको एउटा पनि डोज लगाएका थिएनन् ।

कोरोनाको नयाँ भेरियन्ट विश्वभरीमा तीव्र रुपमा फैलिरहेको छ । अमेरिकामा यसले अराजकता मच्चाउन थालेको छ । सोमबार यो नयाँ भेरियन्टबाट पहिलो मृत्युको पुष्टि भइसकेको छ । ७३ प्रतिशत कोरोनाको बिरामीमा ओमिक्रोनको संक्रमण भएको पाइएको छ । यो आंकडा केबल एक साताको अवधिमा तीव्र दरमा फैलिएकाले खतरा मानिएको छ । गत सातामा ३ प्रतिशत कोरोनाको बिरामीमा मात्रै ओमिक्रोनको संक्रमण देखिएको थियो । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार अमेरिकामा एक साताको अवधिमा ओमिक्रोनको मामिलामा ६ गुणाले वृद्धि भएको छ ।

केही हिस्सामा संक्रमण अझ धेरै

सीडीसीका अनुसार अमेरिकामा कयौ हिस्सामा ओमिक्रोनको संक्रमण अझै धेरै हुन सक्छ । न्यूयोर्कमा ९० प्रतिशत नयाँ मामिलाका पछाडी ओमिक्रोन भेरियन्ट एक मात्र कारण बनेको छ । गएको १ साता पहिलेसम्म अमेरिकामा डेल्टा भेरियन्टको घटना सबैभन्दा बढी थियो । हाल आएर यसको संख्या २७ प्रतिशतमा सीमित भएको छ ।

बुस्टर डोज लगाउन अपिल

अमेरिकामा तीव्र रुपमा बढीरहेको भेरियन्टलाई मध्यनजर गर्दै राष्ट्रपति जो बाइडेनले खोपको दुवै मात्रा लगाउन अपिल गरेका छन् । यसका साथै सबै बुस्टर डोज लगाउन अपिल समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!