
बिराटनगर । नेपाल नागरिक अभियानको केन्द्रीय सम्योजक डाक्टर ठाकुर मोहन श्रेष्ठले राजा र राजतन्त्रलाई स्थापित गर्दै नेपाल र नेपालको सनातनलाई बचाउदै निशेधको राजनीतिलाई अन्तय गर्न सबैलाइ मिलेर जानु पर्ने अपिल गर्नु भएको छ।

आज पत्रकार सम्मेलनको आयोजना गर्नु हुँदै नागरिक अभियानले एकताको लागि २०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियान सहित देशभर सहभागिता र एकताका लागि पहल गर्दै आएको बताउनु भएको छ। श्रेष्ठले धर्म, संस्कृति र संस्कारहरुलाई मास्दै राष्ट्रवाद र प्रजातन्त्रका नाममा घुसपैठ हुने गरेकोले यसको अन्य गर्न सबै राजावादीहरु एक हुनु आवश्यक रहेको बताउनु भयो। उहाले राष्ट्र बिगार्ने ,राष्ट्रियता बेचने र राष्ट्रिय स्वाधीनतालाई कम्जोर बनाउनेहरुलाई चुनैती स्वरुप नागरिक अभियानले एकताको अभियान चलाएको बताउनु भयो।
शिव सेना नेपालका मोरङ्ग अध्यक्ष शक्ति प्रसाद पोखरेलले मुलुकमा दीगो शान्ति ,बिकासर मुल्यमान्यताका राजनैतिक संस्कारको असल थालनी गर्न सबै एक हुनु पर्ने बताउनु भएको छ।
यो अभियानमा जोडिन अभियानका संयोजक श्रेष्ठले सबैलाई अपिल गर्नु भएको छ। सम्पुर्ण राष्ट्रियवादी संस्थहरुलाई एक गराउने उदेश्यले यो अभियान नेपाल भरी नै चलाउने बताउनु भयो। कार्यक्रमको अध्यक्षता नेपाल नागरिक अभियानका पुर्वान्चल अध्यक्ष आनन्द गुरु महारजले गर्नु भएको थियो।