हिपमत डटकम

शुक्रबार, पौष ०२, २०७८ || 509  पटक पढिएको

शुक्रबारबाट नेपाली हलमा दुईवटा विदेशी चलचित्र रिलिज भएका छन् । हलिउडको सफल सिरिज ‘स्पाइडर म्यान’को ‘स्पाइडर म्यानः नो वे होम’ शुक्रबारबाट विश्व बजारमा रिलिज भएको हो ।

यो चलचित्रले बक्स अफिसमा नयाँ उछाल ल्याएको छ । शुक्रबार र शनिबार देशका अधिकांश हलमा यो चलचित्रको टिकट पाउन नै मुस्किल देखिएको छ ।

क्यूएफएक्स चेनले उपलब्ध गराएको ६३ शोमध्ये शुक्रबार र शनिबार अधिकांश शो हाउसफूल छन् । दर्शकले टिकटका लागि ठूलै मिहिनेत गर्नुपर्ने देखिएको छ । आइतबार पनि यो चलचित्रले बम्पर कारोबार गर्ने सम्भावना देखिएको छ ।

शुक्रबारबाट नै साउथको हिन्दी डब चलचित्र ‘पुष्पा’ रिलिज भएको छ । यो चलचित्रप्रति पनि दर्शकको उत्साह सुखद् देखिएको छ । काठमाडौंमा यो चलचित्रको बुकिङ आक्रामक देखिएको छ । मल्टिप्लेक्सले यो चलचित्रलाई उल्लेख्य शो उपलब्ध गराएका छन् । अल्लु अर्जुन र रश्मीकाको मुख्य भूमिका रहेको चलचित्रको समीक्षा समेत राम्रो आएकाले नेपालमा यो चलचित्रले राम्रो कमाइ गर्ने लक्षण देखाएको वितरक मनोज राठीले जानकारी दिए ।

यो चलचित्रलाई क्यूएफएक्स चेनले ३४ शो उपलब्ध गराएको छ । यसरी हेर्दा क्यूएफक्सका चेनमा मात्र दुई चलचित्रका लागि ९८ शो उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!