
बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएपछि भरतपुरबाट काठमाडौं उडेको लागेको जहाज आपत्कालीन अवतरण गरिएको छ।

भरतपुरबाट उडान भरेको केहीबेरमै बायाँ इन्जिनमा प्राविधिक समस्या भएपछि फेरि भरतपुरमै स-कुशल अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार दिउँसो एक बजेर १६ मिनेटमा आकाशमा उड्नेबित्तिकै बीचक्राफ्ट जहाज नाइन एन एईई को उडान नम्बर ३६० जहाजमा प्राविधिक समस्या देखिएको थियो।
१९ यात्रु र ३ जना विमान क्रु रहेको जहाजमा तत्काल भरतपुरमा अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् ।
यसैबीच अर्को जहाजबाट यात्रुलाई काठमाडौं ल्याउने तयारी भइरहेको बुद्ध एयरले जानकारी दिएको छ।