बुधबार, फाल्गुण ०७, २०७६ || 668  पटक पढिएको

उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार राती पौने ८ बजे त्रियुगा नगरपालिका-११ का २२ बर्षीय प्रशान्त राई र वडा नम्बर १२ का १८ बर्षीय रुपम लिम्बुलाई फेनारगन १९ एम्पुल, डाईजेल्याप १७ एम्पुल, नोफिन १५ एम्पुल र लेबल बिनाको ३ एम्पुल गरी जम्मा ५४ एम्पुल लागुऔषध सहित सिदार्थ टोलबाट पक्राउ गरेको हो । यसैगरी राती साँढे १० बजे त्रियुगा नगरपालिका-११ पिपल चोकबाट स्थानीय १८ बर्षीय राउल श्रेष्ठ २० ग्राम ब्राउन सुगर सहित पक्राउ परेका छन् । गस्तिमा खटिएको प्रहरी टोलीले ३ जनालाई नै लागुऔषध सहित पक्राउ गरेको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!