जनकपुरधाम। प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामकरण र स्थायी राजधानी चाँडै टुंगिने बताएका छन् ।

बुधबारदेखि शुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यही अधिवेशनले प्रदेशको नामकरण र राजधानीको टुंगो लाग्ने विश्वास दिलाए ।

प्रदेशको नामकरण नहुँदा आफूहरुलाई घोच्याउने गरेको बताउँदै विपक्षी दल र सरकारमा रहेका दलहरु घनीभूत बैठक गरेर टुंग्याउनुपर्ने बताए ।

‘पहिलो काम नै यो दुवै थियो । यो अधिवेशन पूर्व पनि विभिन्न कारणले ढिलासुस्ती या विभिन्न परिस्थितिका कारण हामीले बैठक बोलाएर पनि टुंग्याउन सकेनौं । हामीले चाहेर पनि गर्न सकेका छैनौं’ उनले भने, ‘हाउसमा प्रवेश पनि पाएको थियो तर निकास दिन सकेन। त्यस कारण पनि यो बैठकले पक्कै पनि नाम र राजधानीलाई टुंग्याउँछ ।’

नामको टुंगो नलाग्दा प्रदेश २ या २ नम्बर प्रदेश भनिंदै आएको र यसले आफैंलाई नै घोच्ने र पीडा हुने देखिएको उनले बताए । उनले भने, ‘हाउसले निकास दिन नसके हाम्रै कमीकमजोरी ठहरिनेछ। त्यही भएर सबै मिली यसलाई निकास दिऔं ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!