पूर्व राजा ज्ञानेन्द्र शाह यतिबेला भारतमा छन् । उनी आइतबार दिल्ली प्रस्थान गरेका हुन् । दिल्लीबाटै पूर्व राजा शाहले प्रजातन्त्र दिवसको अवसरमा विज्ञप्तिमार्फत् शुभकामना दिएका छन् । ७ फागुन राणा शासनको अन्त भई प्रजातन्त्र स्थापना भएको दिन हो । यस अवसरमा उनले प्रजातन्त्र केही टाठाबाठा र केहीको आर्थिक स्वार्थका लागि मात्र दुरुपयोग भएको भन्दै आलोचना गरेका छन् ।

उनले भनेका छन्, ‘केही टाठाबाठाका निमित्त मात्रै हैन, केहीको आर्थिक स्वार्थका लागि मात्र हैन, प्रजातन्त्र सबै जनता, सिंगो देशका निम्ति प्रतिफलकारी हुनुपर्दछ ।’
देशमा प्रजातन्त्र जनजीवनको उत्थान, उमंग र उत्साहमा सार्थक हुन नसकिरहेको टिप्पणी गरे । राजनीतिक दलहरुप्रति संकेत गर्दै उनले सबैलाई जिम्मेवार हुन आग्रह गरे । सबैको सामाजिक संस्कृति र मौलिक मान्यतालाई बुझेर अगाडि बढ्न सुझाव दिएका छन् ।

इतिहासलाई नभुल्न भन्दै उनले विज्ञप्तिमा भनेका छन्, ‘यस अवसरमा हामी भन्दछौँ हामीले हाम्रो इतिहास नभुलौँ । वर्तमानलाई नबिर्सौँ, भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाली प्रजातन्त्रिक धर्मको निर्वाह गरौँ । श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!