निरंजन साह
काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन गर्ने मतदान शुरू भई सकेको छ । १४औं महाधिवेशन अन्तर्गतको सो मतदान निर्धारित समय भन्दा करिब तीन घण्टा ढिलो शुरु भएको हो ।
भृकुटीमण्डपमा दुई र राष्ट्रिय सभागृहमा एक गरी तीनवटा छुटाछुटै मतदान केन्द्र बनाईएको छ । मतदाताहरु मतदानका लागि लामबद्ध भएका छन् । साँझ ५ बजे सम्म मतदान सकिनु पर्ने कार्यतालिका रहेको छ ।
भृकुटीमण्डपको प्रदर्शनी हलभित्रको मतदान केन्द्रमा प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिहरुले मत खसाल्ने छन्, भने प्रदेश २ र गण्डकी प्रदेशका मतदाताहरुले भृकुटीमण्डको प्रांगणमा मत खसाल्नेछन् ।
केन्द्रीय समितिको पदाधिकारी एवं सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । प्रदेश २ बाट दुई जना नेता रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्, भने ५८ जना केन्द्रीय सदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् ।