हिपमत डटकम

शनिबार, मंसिर २५, २०७८ || 945  पटक पढिएको

काठमाडौँ। फिल्म ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’ को विषेश प्रदर्शन हुने भएको छ । सार्वजनिक प्रदर्शन अगाडि फिल्मको नेपाल र अमेरिकामा एकसाथ बिषेश प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताए ।
‘स्वदेश तथा विदेशबाट फिल्मको माग भइरहेको छ’ निर्देशक विकाशले भने ‘फिल्मको रिलिज माहोल बन्न नसकेकोले केही विषेश प्रदर्शन गर्न लागेका हौ ।’

फिल्म नेपाली, अंग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण भएको छ । विकाशका अनुसार गुरुङ र तमुहरुको महान चाड ल्होसारको अवसर पारेर पुस ३ गते काडमाडांैको रानीदेवी पार्टी प्यालेस र यही अवसर पारेर अमेरिकामा युनाइटेट गुरुङ एसोसियसन अफ अमेरिका (युजिएसए) ले फिल्मको विषेश प्रदर्शन गर्न लागेको हो । विषेश प्रदर्शनमा सबैलाई सहभागी हुनु विकाशले अनुरोध समेत गरेका छन् ।

फिल्ममा विश्वास गुरूङ, ईन्द्र घले(काशी), टिकाराम घले, सीता देवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ, पेम्बा छिरिड शेर्पा, सिर्जना गुरुङ, बिरुप घले लगायतको अभिनय रहेको छ ।
गुरुङ समुदायको रितिरिवाज, भेषभुषा, चालचलन सहितको कथावस्तु बोकेको फिल्म स्वदेशका आकर्षक लोकेसनमा छायाँकन भएको छ । विषयवस्तु र कथा–पात्र सुष्म रुपले केलाएर प्रस्तुत गर्ने निर्देशक विकासले फिल्म आम नेपाली सबैको रुचिलाई ध्यानमा राखेर निर्माण भएको बताए ।

रेड ओसियन ईन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको फिल्म निर्देशक विकासले नै लेखेका हुन् । प्रकाश गुरुङ (काश)का छायाँकन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत छ । फिल्ममा लेखन, निर्देशन तथा सम्पादन विकाश घलेकै रहेको छ । फिल्म नृत्य गोरे गुरुङको रहेको छ ।

शान्ति माया गुरुङ (युएसए), मन्त्री जङ गुरुङ, बुद्धि माया गुरुङ (ईराक), र अभिनाश यम.जि (मांगसुम) निर्माता रहेको फिल्मले बिग्रदो सामाजिक परिस्थितीले कर्मठ र जेहेन्दार युवालाई कसरी असर पुर्याउँछ भन्ने देखाउन खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!