हिपमत डटकम

शनिबार, मंसिर २५, २०७८ || 759  पटक पढिएको

काठमाडौं । चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको ‘के छ तिम्रो विचार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दीपराज थापाका शब्द शृजना रहेको गीतमा सोनाम बज्यूको संगीत तथा संगीत संयोजन रहेको छ । आरजु बैजुको कोरियोग्राफी रहेको गीतमा कलाकार दिनेश काफ्ले र नायिका नम्रता सापकोटाको अभिनय रहेको छ ।

भिडियोमा उमेरले परिपक्क एक युवतीलाई मन पराउने र मिठा मिठा सपना देख्ने युवकको रमाइलो किस्सालाई कलात्मक शैलीमा देखाइएको छ । मिलन बिकको सहनिर्देशन रहेको गीतको छायांकन शुसान प्रजापतिले गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् । जसको निर्देशन शिशिर खातीले गरेका हुन् ।

शिशिर पछिल्लो समय फरक शैलीको भिडियो दिन माहिर निर्देशक मानिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!