पोखरा। कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं।२६ विजयपुरमा आज बिहान साढे ४ बजेको समयमा ट्रक दुर्घटना हुदा २ जनाको मृत्यु भएको हो । लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु।२ ख।२९४८ नं। को फलामे छड ९रड० बोकेको ट्रक आफै अनियन्त्रित भई नहरमा पल्टिन जादा २ जनाको मृत्यु भएको हो ।

प्रहरीलाई खबर गर्ने स्थानिय भन्छन रडले किचेर टाउको मात्रै निक्लीएको थियो बचाउ मलाई बचाउ भन्दै थिए तर बचाउन सकीएन

मृत्यु हुनेमा लमजुङ पार्चे बस्ने ४२ वर्षीय भीम बहादुर तामाङ र अर्का पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् । उक्त दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

घटना स्थलबाट जे देखियो त्यहि जस्ताको त्यस्तै। यो भिडियो हेर्नुहोला

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!