हिपमत डटकम

बिहिबार, मंसिर २३, २०७८ || 633  पटक पढिएको

‘दुनियाँ हो छोरीलाई हेर्ने नजर फेर, छोरीले नि के के गर्नसक्छ आज हेर’ हालै सार्वजनिक भएको गीतको सानो टुक्का हो यो । लेडिज ब्यान्ड भ्यालेन्सियाको यस गीतले छोरीको मर्म र कर्मलाई बुझाएको छ । छोरी स्वयंमा एक शक्ति हो । छोरी भनेको समाजको गहना हुन् । यो संसारको सृष्टिकर्ता नै छोरी हुन् । गीतले छोरीहरूको आवाजहरूलाई बाहिर निकाल्न हौसला दिएको छ ।

बाबुराम राईको शब्द रचना रहेको ‘छोरी’ मा कल्यान सिंहले संगीत भरेका छन् । नभ ढुङ्गेलको निर्देशन र अमृत सुनुवारको छायाङ्कनमा बनेको भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका छन् । मोक्षमा भिडियोको पोस्टप्रोडक्सन भएको हो । भिडियोमा भ्यालेन्सिया ब्यान्डका टिएम केसि,पूजा परियार ,खुस्बु राणा मगर ,दिपा चौधरी र एन्जिला चौधरी रहेका छन् । सार्वजनिक भिडियोलाई टिम भ्यालेन्सियाकै आधिकारिक युट्युब च्यानल बाट हेर्न सकिन्छ ।

भिडियोमा सम्मान स्वरुप देशका केही वरिष्ठ महिला ब्यक्तित्वहरुलाई पनि देखाइएको छ । अनुराधा कोइराला, हिमानी शाह , शृङ्खला खतिवडा, पुष्पा बस्नेत ,गौरिका सिंह ,अस्मिता आले ,मिरा राई ,ममता स्थापित ,रक्षा राणा, शिरिशा महर्जन र सपना मल्ललाई देखाइएको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!