हिपमत डटकम

बुधबार, मंसिर २२, २०७८ || 492  पटक पढिएको

नेपाली काँग्रेसको संस्थापनइतरबाट प्रकाशमान सिंह साझा उम्मेदवार हुने भएका छन् । उनको नामबारे सहमति बनेको बुझिएको छ ।

सिंहको नामबारे औपचारिक घोषणा हुन भने बाँकी छ । विश्वस्त स्रोतका अनुसार सिंहको नाममा वरिष्ठ नेता रामचन्द्र पौडेल सहमत भएका छन् । महामन्त्री डा. सशांक कोइराला ब्याक भइसकेका छन् । उनले पनि साझा नाममा आफ्नो समर्थन हुने बताएको बुझिएको छ ।

सभापतिका अर्का दाबेदार केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि लचिलो भएको बुझिएको छ । कोइराला परिवारभित्र सिंहसँग पावर सेयरिङ गरेर बढ्ने विषयमा एकखालको सहमति बनेको विश्वस्त स्रोतले बताएको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह लामो समय नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् । काठमाडौं काँग्रेसको तल्लो इकाई हुँदै जिल्ला सभापति, केन्द्रीय सदस्य, पहिलो निर्वाचित महामन्त्री बनिसकेका छन् । उनी काँग्रेसका संस्थापन नेता गणेशमान सिंहका छोरा हुन् ।

तथ्यांकशास्त्रमा स्नातकोत्तर गरेका सिंह कुनै समय अध्यापन पनि गराउँथे । उनलाई काँग्रेसभित्र कडा स्वभावको अडान भएका नेताका रुपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!