हिपमत डटकम

बुधबार, मंसिर २२, २०७८ || 477  पटक पढिएको

सूर्यविनायक नगरपालिका-१ सिरुटार बस्ने ३३ वर्षीय राजन श्रेष्ठको अपरिचित व्यक्तिको कुटपिटबाट मंगलबार राति मृत्यु भएको छ ।

सोही नगरपालिका-२ बालकोट बसीटोल हनुमन्ते खोला नजिक बालकोट बंगलामुखीदेखि हनुमन्ते खोला फलामे पुलतर्फ जाने बाटोमुनि अपरिचति व्यक्तिको कुटपिटबाट श्रेष्ठ गम्भीर घाइते भएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बालकोट र महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि मध्यपुर अस्पताल थिमी लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई कुटपिटमा संलग्न हाल फरार व्यक्तिहरुको सुक्ष्म रुपमा खोजतलास तथा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!