कृष्णपुर नगरपालिका-६ मेलडाँडा बस्ने खगेन्द्र खड्का र तेज बहादुर खड्काको सँगै जोडिएको भान्साकोठा र गाई गोठमा खाना पकाउने चुलोबाट आगो सल्कन गई मंगलबार राति आगलागी हुँदा दुबै जनाको गोठ तथा भान्सा घरभित्र रहेको भाडावर्तन, काठपात, अन्नपात, लत्ताकपडा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले दमकल र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।