हिपमत डटकम

बुधबार, मंसिर २२, २०७८ || 570  पटक पढिएको

काठमाडौँ । चर्चित गीतकार तथा संगीतकार येदिन गजमेरको नयाँ गीत ‘यादहरूमा’को भिडियो सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वरमा सजिएको प्रेम रोमान्स र विरहले भरिएको ‘यादहरूमा’को भिडियो शुक्रबार बजारमा आएको हो ।

अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार येदिनले दर्जनौँ नेपाली आधुनिक गीत तथा भजन संग्रहहरुमा आफ्नो शब्द तथा संगीत भरेर चर्चा कमाएका बेला ‘यादहरूमा’को भिडियो बजारमा ल्याएका हुन् ।

वैँशालु उमेरमा प्रेममा परेका एक जोडीको प्रेमील कहानी, प्रेममा पर्दाका रमाइला यादगार क्षणहरु र एक्कासि आफ्नी प्राण प्यारीले छाडेर गएपछिको विरहका दृश्यहरुलाई कैद गरिएको गीतमा मोडलद्वय रमेश दियाली र साक्षी लम्साल गज्जबसँग खुलेका छन् ।

सञ्जिव बराइलीको एरेन्ज रहेको गीतमा निशाल पौडेलको छायाङ्कन रहेको छ । विकाश दाहालले सम्पादन गरेको भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् । यसैबीच गायक अनुप रेग्मीको स्वरमा तयार भएको लोक आधुनिक गीत पञ्चेबाजामा संगीतकार येदिनको संगीत रहेको गीत छिट्टै बजारमा आउने तयारीमा रहेको छ ।

विबाहको मौसमलाई लक्षित गरेर ल्याउन लागिएको पञ्चेबाजामा संगीतकार यदिनकै शब्द शृजना समावेश छन् । यसअघि नै संगीतकार येदिनले नेपालका चर्चित गायक गायिकाहरुसँग दर्जनौँ गीतमा सहकार्य गरिसहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!