हिपमत डटकम

मंगलबार, मंसिर २१, २०७८ || 381  पटक पढिएको

विराटनगर। आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ ।

प्रदेश १ का अध्यक्ष सुरेशकुमार राई (हिमाल)का अनुसार सम्मेलनमा १ हजार १ सय ४० जना प्रतिनिधि तथा स्वयंसेवक गरी १५ सयको सहभागीता हुनेछ ।

सम्मेलनको लागि प्रदेशका १३७ स्थानीय तहबाट पार्टी सदस्य संख्याको आधारमा पालिकाहरूबाट ६ सय प्रतिनिधि चयन भइसकेका छन् । माओवादी केन्द्रले सबै स्थानीय तहबाट न्युनतम् ३ जना पर्नेगरि ५०० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छानेको हो । सम्मेलनमा आयोजक समितिका ९७ जना, जेष्ठ कम्युनिष्ट मञ्च प्रदेश १ बाट ८० जना, प्रदेश सल्लाहकारहरु सय जना र विभागबाट ३२ जना सहभागी हुनेछन् । प्रदेशका प्रतिनिधिको कुल १० प्रतिशत अर्थात ९१ जनालाई प्रदेश आयोजक समितिले मनोनित गर्नेछन् ।
सम्मेलनमा केन्द्रीय सदस्यहरु २० जना, केन्द्रीय सल्लाहकारहरु १२ जना, केन्द्रीय विभागका ६८ जना, केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चबाट १२ जना र केन्द्रीय आयोगका ५ जनासमेत प्रतिनिधिको रुपमा सहभागी हुनेछन् । केन्द्रीय समितिका सदस्यहरुले प्रदेशको सम्मेलनमा उम्मेदवार भएमा वा मतदान गरेमा राष्ट्रिय सम्मेलनमा मतदान र उम्मेदवार हुन पाउनेछैनन् । तर, प्रदेश सम्मेलनबाट राष्ट्रिय सम्मेलनको प्रतिनिधि भने उनीहरु चयन हुनसक्नेछन् ।

मोरङको विराटचौकको जेसिस भवनमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने आयोजक समितिका सचिब हेमराज भण्डारीले जानकारी दिएका छन् । अधिवेशनको उद्घाटन सत्रपछि सोही दिन बन्द–शत्र सुरु हुनेछ । ‘राजनीतिक र सांगठनिक प्रतिवेदनबारे भोलिपल्ट बिहानसम्म बहस हुने र प्रतिवेदनहरू पारित हुनेछन्,’ राईले भने, ‘समिति निर्माणको काम सकेसम्म सहमतिमै २६ गते टुंगो लाग्नेछ ।’ नेतृत्वको विषयमा सहमति नभए निर्वाचनको बिधिमा जाने पार्टीले जनाएको छ ।

प्रदेश सम्मेलनबाट १७५ जनाको कार्यसमिति निर्वाचित हुनेछ भने झण्डै १ सय जनाको हाराहारीमा राष्ट्रिय सम्मेलनका प्रतिनिधि चयन हुनेछन् । राष्ट्रिय सम्मेलनको प्रतिनिधि केन्द्रले तोकेको ३० जना र १ हजार ५ सय पार्टी सदस्य बराबर एक जनाको दरले प्रदेश सम्मेलनले नै चयन गर्नेछ ।

प्रदेश समिति पदाधिकारीसहित बढीमा १७५ जनाको हुनेछ । समितिमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलितको प्रतिनिधि अनिवार्य हुने व्यवस्था माओवादीले गरेको छ । यस्तै प्रदेशमा अध्यक्ष, एक महिला अनिवार्यसहित ३ उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष हुनेछन् ।
प्रदेश सम्मेलनको लागि ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । प्रदेश सम्मेलनको निर्वाचन समिति राजेन्द्र किरातीको संयोजकत्वमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!