मंगलबार, फाल्गुण ०६, २०७६ || 763  पटक पढिएको

डिल्लीबजारस्थित दूरदर्शन सहकारी संस्थाका प्रबन्धक प्रमोदहरी अधिकारी यतिबेला महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा छन् । आफ्नै कर्मचारीमाथि कार्यालयमै बलात्कार गरेको गम्भीर अभियोग उनीमाथि लागेको छ ।

कार्यालयमै बलात्कार गरेर सिसिक्यामेराको भिडियो राखेर ब्लाकमेलिङ गरेको जस्ता अभियोगमा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, अनुसन्धानको क्रममा कहानी अर्के भेटिएको छ । सहकारीमा काम गर्ने ती युवतीले लाखौं हिनामिना गरेकी थिइन् । त्यसउपर अदालतमा मुद्दासमेत चलिरहेको छ । त्यसको बदलामा प्रबन्धकविरुद्ध बलात्कार मुद्दा दिइएको अनुसन्धानमा खुलेको छ ।

भदौमा बलात्कार भएको भनेर युवतीले अहिले उजुरी दिनु र यो बीचमा लेनदेनको विवाद हुनुले लाखौं रुपैयाँ पचाउन यसरी बलात्कार मुद्दाको दुरुपयोग भएको अनुसन्धानमा देखिएको छ । यो घटनाले प्रहरीले अनुसन्धान गरेर मात्र बलात्कार मुद्दामा उजुरी लिनुपर्ने अवस्था आएको देखाउँछ । अहिले पक्राउ परेपछि ठगीको मुद्दा फिर्ता लिएमात्र आफूहरुले उजुरी फिर्ता लिने भनेर ब्लाकमेलिङ सुरु गरेको स्रोतले बताएको छ ।

एसएसपी सौरभ राणाको मुद्दामा पनि त्यस्तै भयो । लेनदेन विवादमै एक महिलाले बलात्कार गरेको भनेर जाहेरी दिइन् । अनुसन्धान नै नगरी आफ्नै हाकिमविरुद्धको उजुरीसमेत प्रहरीले दर्ता ग¥यो । पछि बुझ्दा बलात्कार भएको भनिएको मितिमा एसएसपी राणा काठमाडौं भएको खुल्यो । इटहरीको होटलमा बलात्कार भएको पीडितको भनाइ थियो । घटनाको कुनै आधार नभेटिएपछि राणा मुद्दा नचली छुटेका छन् ।

प्रहरीमा दर्ता हुने बलात्कारका करिब ५० प्रतिशत घटना यस्तै हुने गरेका छन् । अब पनि प्रहरीले यस्ता मुद्दाको अध्ययन गरी मुद्दा दर्ता ग¥यो भने धेरै निर्दाेष व्यक्तिहरु फस्ने देखिन्छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!