बीरेन्द्रकुमार साह

मंगलबार, मंसिर २१, २०७८ || 1348  पटक पढिएको

बिराटनगर। नेपालि कांग्रेसका युवा नेता राजेश गुप्ता नेपाली काङ्ग्रेस प्रदेश एक समितिको हालै सम्पन्न अधिवेशनमा अत्याधिक मतका साथ खुल्ला सदस्यमा बिजय भएका छन्। मोरंग क्षेत्र न-५ का राजेश यस अघि नेपालि काङ्ग्रेस मोरंग जिल्ला सदस्यको रुपमा काम गरेर नेता तथा कार्यकर्ता माझ अति नै लोकप्रिय बनेका हुन्।

गत स्थानिय निर्वाचनमा मोरंग क्षेत्र न-५ ख प्रदेशबाट प्रदेश सभा सदस्यको रुपमा गुप्ताले चुनाव समेत लडे र झिनो मतान्तरले हार बेहोरे गुप्ता आफ्नो निर्वाचन क्षेत्रमा हारे पनि जितेको सांसदभन्दा जनतामाझ प्रिय छन्। उनि दिनरात जनताको सेवामा समर्पित हुने गरेको स्थानिय महेश यादवले बताए।

उनको यहि लोकप्रियताको चर्च प्रदेश एकका काङ्ग्रेसजनामा पुग्यो र उनले अत्याधिक मतका साथ प्रदेश सदस्यमा बिजय पनि भए। गुप्ता भन्छन् जितेपछि अझ जिम्मेवारी बढेको छ अब हिमाल पहाड मधेश तराई सबैलाई मिलाएर अगाडी बढाउने र देशभरि नै प्रदेश एक काङ्ग्रेसलाई नमुनाको रुपमा प्रस्तुत गर्ने उनले बताए।

राजेश गुप्ता मोरंग क्षेत्र न -५ बाट अहिले केन्दिय महाधिवेसन प्रतिनिधि समेत हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!