हिपमत डटकम

सोमबार, मंसिर २०, २०७८ || 520  पटक पढिएको

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको प्रदेश १ मा पुनः मतदान हुनुपर्ने माग गरेकी छिन् । विधान अनुसार चुनावमा केन्द्रीय सदस्यहरुले मतदान गर्न पाउनुपर्नेमा वञ्चित बनाइएको भन्दै उनले पुनः मतदानको माग गरेकी हुन् ।

 

‘प्रदेशमा हामीले मतदान गर्न पाउँदैनौं भनेर मतदान अधिकृतले नै भने,’ कोइरालाले भनिन्,‘मतदान गर्न पाइदैन भनेपछि हामीले भाग लिएनौं ।’ आफूहरुलाई मतदान गर्न नदिने गरी गलत सूचना स्वयं मतदान अधिकृत गोपालकृष्ण घिमिरेले दिएको कोइरालाको आरोप छ । उनले भनिन्,‘मतदाता मतदानका लागि जाँदा रोकिएकाले पुनः मतदान हुनुपर्छ ।’

 

प्रदेशमा केन्द्रीय सदस्यले मतदान गर्न पाउने कि नपाउने भन्ने विषय उठ्दा छलफल पनि भएको सुजाताले बताइन् । मतदान गर्दा कानुनी जटिलता र मतदानको वैधानिकतामाथि नै प्रश्न आउने कुरा गरिएको उनको भनाई थियो । त्यसपछि आफूसहित अन्य केन्द्रीय सदस्यहरु चुनावको वैधतामाथि नै प्रश्न उठ्न सक्ने भन्दै मतदान नगर्ने निर्णयमा पुगेको बताइन् ।

 

आफू चुनावकै लागि विराटनगर पुगेको र पक्षका उम्मेदवारलाई जिताउन सक्रिय रहेको बताइन् । कोइराला परिवारको गढ मानिएको प्रदेश १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका उद्धव थापा २ मतले विजयी भएपछि सुजाताको पछिल्लो भनाई आएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!