मंगलबार, फाल्गुण ०६, २०७६ || 736  पटक पढिएको

इजराइलका दर्जन बढी सैनिकको स्मार्टफोनमा महिलाको तस्बिर पठाएर ह्याक गरिएको इजराइली सेनाले जानकारी दिएको छ । सेनाका एक प्रवक्ताका अनुसार सैनिकलाई युवतीको तस्बिर पठाइएको थियो र उनीहरुलाई एउटा एप्लिकेशन डाउनलोड गर्न लोभ्याइएको थियो ।सैनिकलाई उक्त एप्लिकेशनले आफ्नो फोन ह्याक हुने बारे थाहा थिएन ।इजराइली सेनाले उक्त ह्याकिङ हमास संगठनसँग सम्बन्धित व्यक्तिहरुले गरेको आरोप लगाएका छन् ।गजामा नियन्त्रण गर्ने चरमपन्थी गुट हमास र इजराइलबीच पुरानो दुश्मनी छ ।  इजराइली सेनाका प्रवक्ता कर्नल जोनाथन कार्निकसका अनुसार इजराइली सैनिकको फोन ह्याक गर्ने हमासको यो तेस्रो र अहिलेसम्मको सबैभन्दा जटिल प्रयास थियो । उनले भने, ‘उनीहरुले सिकिरहेका छन् र आफ्नो क्षमतालाई बढाइरहेका छन् । यो हामीले महसुस गरेका छौं ।’ कर्नल कार्निकसका अनुसार ह्याकरले टुटेफुटेको हिब्रु बोल्ने र प्रवासी भएको दाबी गर्ने युवतीको रुप धारण गरे । सैनिकसँग दोस्ती बढाएपछि ती युवतीहरुले केही लिङ्क पठाए र यसमार्फत् आफूले तस्बिर पठाउने जानकारी दिए । वास्तवमा, त्यो एउटा भाइरस थियो जसले स्मार्टफोन ह्याक गर्ने गर्छ । एकपटक क्लिक गरेपछि यो लिंक ह्याकरलाई स्मार्टफोनको डाटा, लोकेशन र तस्बिरको एक्सेस दिने गर्छ । यतिमात्रै होइन, यसलाई फोन नियन्त्रण पनि गर्न सकिन्छ र प्रयोग गर्ने व्यक्तिको जानकारी बिना नै तस्बिर र आवाज रेकर्ड गर्न सकिन्छ । कर्नल कार्निकसका अनुसार इजराइली सेनालाई यो षड्यन्त्रबारे महिनौं अघि थाहा भएको थियो र आफ्नो निगरानीमा यसलाई चल्न दिइयो । पछि यसलाई बन्द गरिएको थियो ।इजराइली सेनाले पहिले पनि आफ्ना सैनिकलाई सतर्कतापूर्वक स्मार्टफोन प्रयोग गर्न चेतावनी दिइसकेको छ । इजराइल र हमासबीच दशकौंदेखि संघर्ष चलिरहेको छ र यी दुबै एक अर्काको जासुसी गर्न जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!