मंगलबार, फाल्गुण ०६, २०७६ || 916  पटक पढिएको

प्राणघातक रोग दादुरा रुबेला र पोलियो संसारबाट उन्मूलन गर्ने विश्व स्वास्थ्य सङ्गठनको अभियानमा प्रदेश १ सरकारले सक्रिय सहभागिता जनाएको छ । दादुरा रुबेलाको कारण मानिसको ज्यान जान सक्ने र पोलियोका कारण मानिस अपाङ हुने भएकाले नै यो अभियान प्रदेश नं १ को सरकारले आजबाट शुरु गरेको हो । यो अभियानले कुनै बालबालिका छुट्न नहुने र नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला र जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई पोलियो खोप अभियान सञ्चालनमा ल्याएको छ ।

यसअन्तर्गत प्रदेशभरिमा दादुरा रुबेला चार लाख २७ हजार १२ बालबालिकालाई र पोलियो तीन लाख पाँच हजार ३४२ बालबालिकालाई दुई चरणमा खुवाउने स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहताले जानकारी दिए । उनले यसका लागि आठ हजार १५२ खोप केन्द्र, त्यति नै सङ्ख्यामा स्वास्थ्यकर्मी र १६ हजार ३०४ स्वयंसेवक परिचालन हुने जानकारी दिए । मोरङमा दादुरा रुबेला ९२ हजार ८०५ जनालाई र पोलियो एक लाख नौ हजार ९२९ जनालाई खुवाउने र यसका लागि खोप केन्द्र ९००, स्वयंसेवक एक हजार ८०० र स्वास्थ्यकर्मी ९०० परिचालन गर्ने स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

मोरङमा यो अभियान दुई चरणको कार्यक्रमअनुसार आठ स्थानीय तहलाई आजदेखि १४ गतेसम्म र दोस्रो चरणमा नौ स्थानीय तहलाई फागुन १६ देखि २४ गतेसम्म चल्ने बताइएको छ । पोलियो सुनसरी, मोरङ र झापामा मात्र खुवाउने कार्यक्रम छ ।

प्रदेश नं १ को सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज मोरङको कटहरीमा स्थानीय दुई वर्ष चार महिनाकी बालिका नित्या साहलाई पोलियो थोपा खुवाउँदै दादुरा रुबेला खोप अभियान तथा नियमित खोप कार्यक्रम–२०७६ को शुभारम्भ गरे ।

मन्त्री घिमिरेले भविष्यका कर्णधार बालबालिकालाई रोगमुक्त गर्न यो अभियान सञ्चालन भएको र यसलाई सफल बनाउन जनप्रतिनिधिले साथ दिनुपर्ने बताए । स्वास्थ्य विभाग परिवार कल्याण महाशाखाका भरत भण्डारी, कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले पनि यो अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!