हिपमत डटकम

आइतबार, मंसिर १९, २०७८ || 361  पटक पढिएको

बझाङमा चरेशसहित पक्राउ परेकी एक महिलाले प्रहरी हिरासतमै आत्महत्याको प्रयास गरेकी छन्।

पाँच दिन अघि २८ किलो चरेशसहित पक्राउ परेकी जयपृथ्वी नगरपालिका–३ की ३२ वर्षीया कल्पना रोकायाले आइतबार दिउँसो करिब १२ बजेतिर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ज्ञानबहादुर बिष्टले हिरासतको शौचालयमा आत्महत्याको प्रयास गरेकी रोकायाको उद्दार गरिएको जानकारी दिए।

शौचालय गर्न गएका बेला झुण्डिएर आत्महत्याको प्रयास गरेको महिला प्रहरीले थाहा पाएपछि रोकायाको घाइते अवस्थामा उद्दार गरिएको थियो।

अहिले जिल्ला अस्पतालमा उपचाररत उनको अवस्था सुधार भइरहेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।

विशेष सूचनाका आधारमा नेपाल प्रहरीको सुदूरपश्चिम अनुसन्धान समूह(आरआइटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई लागुऔषध चरेशसहि गत १४ मंसिरमा पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!