मंगलबार, फाल्गुण ०६, २०७६ || 729  पटक पढिएको

उदयपुरको बेल्टार नगरपालिका-९ बाट लागुऔषध बेचबिखनमा संग्लग्न ३ जनालाई पक्राउ गरिएको छ । स्थानीय आकाश तिम्सिनाको घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले घरधनी ३५ बर्षीय आकाश तिम्सिना सहित बेल्टार नगरपालिका-१ का ३२ बर्षीय बिकास बस्नेत र धरान-१३ का ३८ बर्षीय प्रणय निरौलालाई पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले डाईजोल्याव ३ एम्पुल, leegesic ४ एम्पुल, फेनारागन ४ एम्पुल, डाईलक्स डिसी १०० ML को २ बोतल, नाईट्राभेट ११ ट्याब्लेट, स्पास्मोप्रोक्सिवन ५९ ट्याब्लेट, गाँजा ३०० ग्राम, नगद १५ हजार र मिनिल्यापटप १ थान समेत बरामद गरेको छ । पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!