माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका २ स्थित गेउरीया पुलकाे बारेमा बेलाबेलामा चर्चाको बिषय बन्दै आएता पनि अहिले भने साे पुलकाे निर्माणकार्यले भने कति लिन सकेको छैन ।
उक्त पुल कार्तिक महिनामा तयार पार्दा साे पुल चैत्र मसान्तसम्म सम्पुर्ण निर्माणकार्य समपन्न हुने भनिएता पनि ८ महिना बितिसक्दा समेत पुल भने निर्माण हुन सकेको छैन। पुलकाे दुवै पिलर मात्रै बनाएर छाडेकाे ८ महिना बितिसक्दा समेत सम्बन्धित निकाय भने माैन रहेको छ । सुरुमा कामकाे गति द्रुतगतिमा भएकाे थियोे र त्यस बेला चैत्र महिना देखि उक्त पुल पुर्ण रुपमा सन्चालन आउने ठुलाे आशा थियोे तर ८ महिना भईसक्दा समेत पुलकाे काम भने बन्द रहेको स्थानीय दुर्ग रेग्मीले बताए । बिगत ७ बर्ष देखि उक्त पुल अलपत्र भएता पनि हाल सम्म पनि काम भने अगाडि बढ्न सक्काे छैन ।
सडक डिभिजन कार्यलय माेरङका प्रमुख पशुपति ज्ञवाली रहदा उनले चैतसम्म सम्म पुलकाे काम सम्पन्न हुने भनेर एभिन्युज टेलिभिजनकाे एभिन्युज पहलमा बाेलेता पनि त्याे भने पूरा हुन सकेकाे छैन । अहिले ज्ञवाली सरुवा भए पछि उनको ठाउँमा सुवर्ण कार्की आएका छन् । उनलेे अने अबकाे केही सातामा काम सुरुगर्ने तर काम नगर्ने ठेक्केदारलाई कार्वाहीकाे दायरामा ल्याउने प्रतिवध्यता जनाएका छन् । उक्त पुल निर्माण गर्नका लागि फिचर एन्ड सराउद्धिन जेविलाई कडा निर्देशन दिएकाे बताए । पुलकाे निर्माणकार्य २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले ठेेेक्का पाएकाे थियोे । १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ कराेड १८ लाख रुपैयाँ मा ठेक्का पाएकाे थियोे ।
सराउद्विन जेविका प्रमुख सराउद्घिन अनसारीले भने पुस महिनाकाे पहिलो साता देखि काम सुरु हुने बताए । चैत्र महिना सम्म पुल काे सम्पुर्ण काम सम्पन्न गर्ने र बैशाख महिना देखि साे पुल बाट आवत जावत हुने भनेर जानकारी गराएता पनि हाल सम्म उक्त पुल काे पिलर मात्रै उठाएर छाडेकाे देखिन्छ ।
यसरी ठेक्केदार काे लापरबाहीका कारण समय अबधिमा निर्माणका सम्पन्न नगर्ने ठुला कम्पनी लाई किन सडक बिभागका प्रमुख हरुकाे ध्यानाकर्षण नहुदा स्थानीयले बर्षाे देखि सास्ती भाेग्न बाध्य भएका छन् । दैनिकी उक्त सडक बाट सयौं सवारीसाधनहरु आवतजावत गर्ने भएकाले अब चाहि पुल चाडै बन्छ कि भन्दै स्थानीय खुशिले हर्सित भएका थिए तर अहिले आएर भने पुलकाे काम कछुवाकाे गतिमा भईरहेकाे छ ।