हिपमत डटकम

शनिबार, मंसिर १८, २०७८ || 500  पटक पढिएको

नेपाली चलचित्रका सदाबहार नायक भुवन के सी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सुशिल पौडेल र तिलक प्रताप चन्दको शब्द रचना, रानी शाक्य र कृष्ण भारद्वाजको स्वर रहेको गीत ‘घरमा आइसियोस न ‘ मा नायक भुवन के सी र मोडेल सृष्टि खड्काको अभिनय रहेको छ । प्रेमिल शैलीको उक्त गीत भिडियोमा नायक के सी मैसाव सृष्टिलाइ भेट्न घोडचडी देखि, दरवारसम्म पुगेको कथावस्तु प्रस्तुत गरिएको छ ।

‘घरमा आइसियोस न ‘गीतमा कृष्ण भारद्वाजको म्युजिक कम्पोज र बिशम आचार्यको एरेन्जमेन्ट रहेको छ । सन्तोष राजबाहकको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ ।

भिडियोलाइ गायिका रानी शाक्यको युट्युब च्यानल (Rani Shakya) मार्फत सार्वजनिक गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!