हिपमत डटकम

शनिबार, मंसिर १८, २०७८ || 672  पटक पढिएको

पोखरामा निर्माणधीन अवस्थामा रहेको पोखरा क्षेत्रिय अन्तररास्ट्रिय विमानस्थलको अवलोकन गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अब पोखराका हिमागृह र रत्नमन्दिर खुला गर्न आफूले सक्दो पहल गर्ने बताएका छन् ।

पोखरा पर्यटन परिषद्को २१ औं बार्षिक साधारणसभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै मन्त्री आलेले हिमागृह र रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरे पर्यटकहरुका लागि नयाँ गन्तव्य थपिने बताएका छन् ।

बेला बेलामा भाषन गर्ने क्रममा सब्द चिप्लिएर विवादित बन्दै आएका मंत्री आले यति बेला पछिलो समय सबैले रुचाएका मन्त्रीको रुपमा चिनिदै आएका छन् । केहि दिन आगाडी पनि काठमाण्डौ बिमानस्थलमा आफुनै खटिएर समस्याको समाधान गरेका आलेले पोखरा विमानस्थल पनि समयमा नै सक्ने गरेर काम गर्न निर्देशन दिएका छन् ।

बिगतमा हुदै आएको अनिमिटता र जनतालाई सास्ती दिने काम अब रोकिनुपर्ने देखिएको मंत्रे आलेको भनाई रहेको छ । यो वर्षको बजेट भाषण भैसकेपछि आफु मंत्री भएको कारणले काम गर्न गारो भएको भएपनि आगामी नया वर्षसम्म पनि आफु मंत्री पदमा रहेमा बिकासको काममा राम्रो बजे हाल्न लगाउने र काम गराउने सोचमा आफु रहेको उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!