राम प्रेम यादब

शुक्रबार, मंसिर १७, २०७८ || 868  पटक पढिएको

विराटनगरका युवा नेता राजेश गुप्ताले नेपाली कांग्रेसको प्रदेश १ सदस्यमा खुल्ला तर्फबाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । समाजसेवी समेत रहेका युवा नेता गुप्ता मोरंग कांग्रेसको प्रदेश १ सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पार्टी भित्रका गुट–उपगुट भन्दा पृथक पहिचान सहित नेपाली कांग्रेसलाई मूल्य, मान्यता, आदर्श र निष्ठाको राजनीतिक बहाक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्य सहित आफुले सदस्यको पदमा उमेदवारी दिएको गुप्ताले बताए । उनी विराटनगरको सीमावर्ती क्षेत्र रानीका स्थायी बासिन्दा हुन ।

उम्मेदवारी घोषणा संगै गुप्ताले भने “मेरो उम्मेदवारी व्यक्तिगत स्वार्थको लागि नभएर पार्टी हितको लागि हुनेछ । पार्टी भित्र रहेका विकृति विसंगति हटाई मुल्य मान्यता र आदर्शको राजनीति स्थापित गर्न मैले उम्मेदवारी दिएको हो । नेपाली कांग्रेसमा सबै जातजाति अट्ने, खट्ने, जुट्ने सहित गरिब, धनि, मजदुर, किसान, गाउँ, शहर, युवा, बृद्ध, महिलाहरु लगायतको समान सहभागिता गर्न गराउन प्रदेश सदस्य पदमा मैले उम्मेदवारी दिने घोषणा गरेको छु ।”

“राजनीति पेशा होईन सेवा हो र म सेवा कार्यमा सदैव तत्पर रहेको छु । प्रदेश १ सदस्य भएर अझै जिम्मेवारीका साथ पार्टीको हित र जनाताको हितमा निरन्तर खटि रहने छु । अझ भनौ थप उर्जा र जोशजाँगरका साथ सेवालाई निरन्तरता दिनेछु ” उनले बताए । प्रदेश १ का सम्पुर्ण क्षेत्रीय प्रतिनिधि, वडा सभापति तथा जिल्ला सदस्यले आफ्नो अमुल्य मत दिएर सेवा गर्ने अवसर दिने गुप्ताको विश्वास छ ।

राजेश गुप्ताको राजनीतिक यात्रा

वि.सं. २०२८ सालमा मोरंगको तत्कालीन बिराटनगर महानगरपालिका वडा नम्बर १९ हडतालीमा जन्मेका गुप्ता १८ बर्षको हुदा देखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रीय रहेका छन् ।

सानै उमेर देखि सामाजिक कार्यमा समेत सक्रिय रहेका गुप्ताले २०४६ सालमा नेबिसंघ देखि आफ्नो राजनितीक यात्रा सुरुवात गरेका हुन । नेबिसंघ हुदा खेरीनै उनले २०४६ सालमा बिराटनगर उप महानगरपालिकाको उप सभापतिको रुपमा चुनिएको थियो ।

नेपालमा चलेको पहिलो जनआन्दोलनको क्रममा उनी २०४७ सालमा बिराटनगर रानी थानामा थुनुवा समेत परेको थियो ।

२०४६ साल देखि राजनितीमा सक्रिय रहेको गुप्ता २०५१ सालमा नेपाली कांग्रेसको सदस्यता लिएको थियो । गुप्ता कांग्रेसको भ्रातृ संगठन तराई मधेश बिभागका केन्द्रीय सदस्य हुन् ।

मुल रुपमा राजनीतिमा सक्रिय गुप्ता समाज सेवामा समेत सकृय रहेका छन् । कोमल मन भएका गुप्ता समाज सेवामा समर्पित रहेका छन् । सहयोगी भावना र समाजका लागि केही गर्ने दृढ इच्छा शक्ति भएकाले नै उनी समस्यामा परेकाहरुलाई यथा सम्भव सहयोग गर्दै आइ रहेका छन् । आफ्नो क्षेत्र वाहेक जिल्ला भित्र र बाहीर जिल्ला लगायत प्रदेशभरीकै मानिसलाई समेत गुप्ताले सहयोग गरेका उनका निकटतम साथीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!