हिपमत डटकम

शुक्रबार, मंसिर १७, २०७८ || 585  पटक पढिएको

गीतकार डब्बु क्षत्रीको शब्दमा नयाँ गीत म तिम्रो पिपल…को भिडियो यतीबेला दर्शकमाझ आएको छ । पछिल्लो समय क्षत्रीको नयाँ नयाँ गीतहरु आईरहेका छन् । यो गीतको भिडियोलाई ओएसआर डिजिटल च्यानलबाट रिलिज गरिएको छ ।

यो गीतलाई राजेन्द्र बजगाईंले संगीत गरेका हुन् । गीतमा संगीत संयोजना पनि राजेन्द्र बजगाईंकै रहेको छ । म्युजिक किचनमा रेकर्ड गरिएको यो गीतलाई मनोज परियारले मिक्सिङ गरेका हुन् ।
योगल स्वरमा रहेको यो आधुनिक प्रेम भावको गीतलाई गायक सविन सुवेदी र गायिका बिन्दू परियारले गाएका छन् ।

यी दुईको युगल स्वरमा गीत निकै मिठो बनेको छ । भिडियोलाई केशब राज भट्टले निर्देशन गरेका छन् । यो गीतको भिडियोबाट विश्व राजाले मोडलिङमा डेब्यु गरेका छन् । मोडल विश्व राजको जन्म दिनकै अबसर पारेर यो गीतको भिडियोलाई युट्युव च्यानलबाट रिलिज गरिएको हो ।

भिडियोमा विश्व राजा र समिरा खड्काले अभिनय गरेका छन् । यी दुईको जोडी निकै आकर्षक देखिएको छ । गीतको भावलाई यी दुईले अभिनयबाट सार्थक तुल्याएका छन् । यो गीतको भिडियोलाई निर्देशन तथा कोरियोग्राफी केशव राज भट्टले गरेका हुन् ।

जसमा बुद्ध थापाको छायाँकन दिनशन शाहको सम्पादन रहेको छ । भिडियोलाई उमेश भण्डारीले निर्माण गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!