सोमबार, फाल्गुण ०५, २०७६ || 889  पटक पढिएको

रुपन्देहीको मर्चवारमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । आइतबार राती ११ बजे सम्मरीमाई गाउँपालिकमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । आइतबार राती किशोरी बलात्कृत भएपनि घटना सोमबारमात्र बाहिर आएको हो  सम्मरीमाई गाउँपालिका ३ स्थित एक गाउँमा महायज्ञ चलिरहेको बेला आफ्नै घरभित्र रहेकी किशोरीलाई घर बाहिर बोलाएर नजिकै बन्दै गरेको भवनमा लगेर ३ युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पीडितका आफन्तले आज इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेर जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।बालिकाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ । बालिकाका बुवा अस्वस्थ रहेका कारण उनको उपचारका लागि आमा–बुवा दुवै भारतको मुम्बईमा रहेका छन् । बालिकाका हजुरबुवा, एक बहिनी र भाई सँगै बस्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!