हिपमत डटकम

बिहिबार, मंसिर १६, २०७८ || 745  पटक पढिएको

धरान। बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियार दस बर्ष पछि युवा गायकको रुपमा आफ्नो नयाँ गीत ” यो मुटु त तिम्रै हो ” म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्। यंग माइन्ड्स इन्टरटेनमेन्टको प्रस्तुति तथा हरिदेवी कोइरालाको निर्माण रहेको गीतको म्युजिक भिडियोमा डिमन क्षेत्री र सुप्रिया खनाल संगै प्रिया रानी लामाको अभिनय रहेको छ ।

मोडल तथा कोरियोग्राफरको रुपमा चर्चित प्रियारानी लामा अहिले म्युजिक भिडियोमा समेत आफुलाई सक्रिय बनाउँदै छिन्। म्युजिक भिडियोमा प्रियारानी लामाको नेगेटिभ भूमिकामा अभिनय गरेको हेर्न पाइन्छ। राजेश थापाको संगीत र बिष्णु निरौलाको शब्द रहेको गीतको भिडियोको छायाँकार सागर प्रधान, सम्पादन शिलान लम्साल र निर्देशन मुनाल शिशिर कोइरालाले गरेका छन्।

म्युजिक भिडियो लिङ्क 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!