हिपमत डटकम

बिहिबार, मंसिर १६, २०७८ || 827  पटक पढिएको

काठमाण्डौं । नेपाली सांगितिक बजारमा नयाँ– नयाँ सिर्जना सार्वजनिक हुने क्रममा भखरै चर्चित गायिका तथा द भ्वाइस अफ किड्स की कोच मिलन नेवारको आवाजमा रहेको “सपना हजार ” गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा अरुणा रुम्बाको शब्द , राजेश थापाको संगीत तथा निरोज लामाको एरेन्ज रहेको छ । मायामा सगैं जिउने मर्ने कसम खाएका जोेडिको मनोभावलाई गीतमा समावेश गरिएको छ । प्रेम र रोमान्सको भाव समेटिएको उक्त गीत आम दर्शक तथा स्रोताको मनमा बस्ने कुरामा आफु आशावादी रहेको गायिका मिलनले बताइन ।

अमेरिकाको न्युयोर्कमा स्थित मोक्तान डिजिटल मार्फत सार्वजनिक गीतको भिडियोमा नायक आकाश श्रेष्ठ तथा नायिका स्वस्तिमा खड्काले अभिनय गरेका छन । बुद्ध थापाको छायाँकन , विकास धमलाको सम्पादन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन । गीतको भाव अनुसार भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

“सपना हजार ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!