कास्कीमा केहि दिन गाडी भएको बस दुर्घटनामा गाडीका चालकको मृत्यु भएको थियो भने दर्जनौ मानिस घाइते भएका थिए ।
एकाबिहानै कास्कीको नौडाडाबाट उकालो लागेको बस पाउदुर भन्ने स्थानमा पुग्दा एक्कासी तल खसेको थियो । गाईको गोठमा गाई दुधे गरेकी महिलाकै माथी बाट बस तल्लो बारीमा खसेको थियो । सबैजनाले उनको सास छैन होला भनिरहेका थिए त्यही क्रममा श्रीमान्ले गएर हेर्दा उनलाई सामान्य चोट लागेको रहेछ ।
आफ्नी श्रीमतीलाई गोलभेडा पिसे जसरी कच्याकक पार्यो होला भनेको धन्न केहि नभएको रहेछ भनेर हतार हतार उनको गाई गोठबाट उद्दार गरिएको थियो ।
बसमा सवार गरेका यात्रुका अनुसार गाडी कसरी खस्यो आफुहरुलाई केहि थाहा नभएपनि बसखस्नु भन्दा अगाडी एकचोटी आवाज आएको थियो र अन्तत बस झ्याप्पै खस्यो ।
यस दुर्घटनाको बारेमा यति बेला सामाजिक संजालमा धेरै चर्चा भैरहेको छ । बस दुर्घटना ब्रेक फेल वा चालक निदाएको बेला पर्यो भन्ने बारेमा अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले बताएका छन् ।