प्रेम दिवसको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लभ डायरीज’मा सशस्त्र प्रहरी बलका पूर्वएसएसपी महेश श्रेष्ठले समेतअभिनय गरेका छन्।

सौरभ चौधरी निर्देशकीय डेब्यू चलचित्रमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री रुविना थापा मुख्य भूमिकामा छन्। विनोद सापकोटाले निर्माण गरेको चलचित्र लभ डायरीजमा सशस्त्र प्रहरी बलबाट अवकाश पाएपछि अभिनय थालेका श्रेष्ठ महत्वपूर्ण भूमिकामा देखा परेका छन् ।
चलचित्रमा ‍ श्रेष्ठसँगै विश्विजित रिमाललाई समेत भूमिका दिइएको छ ।

चलचित्रमा युवा युवतीको प्रेम र विछोडको कथा समेटिएको निर्माण पक्षले जनाएको छ। चलचित्रमा अभिनेता सुशीलको बुवाको भूमिकामा देखा परेका पूर्वएसएसपी श्रेष्ठ प्रेममा आधारित ‘लभ डायरीज’लाई युवा पुस्ताले अत्याधिक रुचाएको बताए । उनले यो आफ्नो पहिलो चलचित्र भएको बताउँदै आगामि दिनमा अझै उत्कृष्ट भूमिका निर्वाह गर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!