सोमबार, फाल्गुण ०५, २०७६ || 885  पटक पढिएको

झापाको मेचीनगर नगरपालिका-६ मेची खोला छेउबाट ठुलो परिणाममा चाँदी र तामाको सामान सहित २ जना पक्राउ परेका छन् । आईतवार दिउँसो साँढे ३ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका-६ बौद्धका ३४ बर्षीय अजित नगरकोटी र काठमाण्डौ महानगरपालिका-१ का ३८ बर्षीय श्याम सुनुवारलाई चाँदी र तामाका सामान सहित पक्राउ गरेको हो । नगरकोटी र मुखियाको साथबाट प्रहरीले ११ केजी ९०० ग्राम बराबरको चाँदीका सामान र २१ केजी बराबरको तामाका सामान बरामद गरेको हो । पक्राउ परेका मानिस तथा सामान समेत आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!