
मैथिली गित संगीत क्षेत्रमा प्रथम पटक देश भन्दा बाहिर गइ छायांकन भएको छ।

लगभग ६ महिनाको संघर्ष पश्चात (खा कसम) मैथिली भाषाको उक्त म्युजिक भिडियो भारतको कोलकातामा छायांकन भएको हो।मैथिली जगतमा झन्डै ३ दशक पुगी मैथिली उत्थानका लागि योगदान पुर्याएका चर्चित निर्देशक सन्तोष सरकारले शो गित निर्देशन गरेका हुन्।
“खा कसम” बोल रहेको यो गितमा कोलकाताको मुख्य मुख्य पर्यटकीय क्षेत्रहरु देख्न सकिन्छ तसर्थ यो गितमा कोलकाताका रमणिय सहर धर्मताला ,समुन्दरि एरिया दिघा र कोलकाता को संसकृति झलकने घोडा गाडिहरु यो भिडियोमा समावेश गरिएको छ।सन्तोष सरकारको निर्देशन र लेखन सहित रहेको यो गीतमा संगीत हरून रसिदले दिएका छन् र गित निर्माण कार्य स्टार स्टुडियोमा भएको छ।
गीतमा मैथिली क्षेत्रका स्टार गायक सन्नु कुमार र गायिका मुनचुन देव ले आफ्नो सुमधुर आवाज भरेका छन्।मैथिली जगतकै ख्याति प्राप्त र सानो समयमा नै आफ्नो अभिनयको जादु देखाएर नाम कमाउन सफल अभिनेत्री पुजा ठाकुर र विक्रम गुप्ता मुख्य अभिनय गरेका हुन्।
कोलकातामा २ दिन लगाएर छायांकन गरिएको यो भिडियोमा प्राविधिक सहकर्मीहरु विराटनगर का र ड्रोण अपरेटर कलकत्ताका समावेश गरेका थिए ।
पुरा भिडियो हेर्न यहा क्लिक गर्नुहोस ,