हिपमत डटकम

शुक्रबार, मंसिर १०, २०७८ || 334  पटक पढिएको

जुम्ला। जुम्लाको तिला गाउँपालिका-९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ ।

सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो ।

स्थानीयवासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा सङ्कलनका लागि बालुवा खानी पसेका थिए। बालुवा सोर्दै गर्दा खानी भत्किएर पुरेकाले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट करिब ३५ कोष टाढा छ । उक्त घटनाको खबर प्राप्त भएलगत्तै रारास्थित प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ जानका साथै मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताए ।

घटनाको प्रकृति हेरेर पीडित परिवारलाई राहत उपलब्ध गराइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!