सोमबार, फाल्गुण ०५, २०७६ || 723  पटक पढिएको

चीनबाट ल्याएर क्वारेन्टाइनमा राखिएका नेपालीले आफूहरू सुरक्षित रहेको बताएका छन्। खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा खडा गरिएको क्वारेन्टाइनमा राखिएका उनीहरूले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सेवासुविधा पाएको भन्दै खुसी र सुरक्षित रहेको बताएका हुन्।

क्वारेन्टाइनमा राखिएकामध्ये एकजनाले भने, ‘हामी सबै ठीक छौं, यहाँ सबै कुरा ठीकठाक छ। त्यसकारण कसैले पनि केही पनि चिन्ता लिनुपर्ने अवस्था छैन।’ ती व्यक्तिले क्वारेन्टाइनमा राखिएको पहिलो दिन नै परीक्षणका लागि सबैको नमुना लगिएको जानकारी दिए। सबैलाई स्वास्थ्य टोलीले निगरानीमा राखेको छ।

होचाङ विश्वविद्यालयमा पिचएडी अध्ययनरत दिगम्बर खोटेजाले नेपाल आएपछि झनै स्वस्थ खाना खान पाएकोमा विशेष आभार व्यक्त गरे। ‘हामीलाई यहाँ खानादेखि सबै कुराको राम्रो बन्दोबस्त छ’, उनले भने, ‘आवश्यकताअनुसार स्वास्थ्यकर्मीको टोलीले नियमित चेकजाँच गरिराखेको छ।’ उनले आफूहरू क्वारेन्टाइनमा रहेको क्षेत्र चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रलगायतले पनि टेलिफोन सम्पर्क गरी चासो देखाएकोमा धन्यवाद व्यक्त गरे।

आफूहरू क्वारेन्टाइनभित्र रमाइलोसँग बसिरहेको उनीहरूले बताए। कोही पढेर, कोही खेलेर त कोही हिँडडुल गरेर रमाइलो गरिरहेको उनले सुनाए। खेलकुदलगायतका विभिन्न सामग्री रहेकाले आफूहरूलाई दिन बिताउन सहज भएको उनले बताए। खाना तयार भएपछि घण्टीबाट जानकारी हुने र त्यसपछि मिलाएर लिन गई खाने बन्दोबस्त रहेको उनले जानकारी दिए।

क्वारेन्टाइन व्यवस्थापक सागर दाहालले क्वारेन्टाइनभित्र मात्रै नभई सबैतिर व्यवस्थित पारेको बताए। ‘आत्तिनुपर्ने त्यस्तो केही छैन’, उनले भने, ‘सबै ठीकठाक नै छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!