हिपमत डटकम

शुक्रबार, मंसिर १०, २०७८ || 351  पटक पढिएको

समीक्षकको समेत निक्कै राम्रो समीक्षा पाएको चलचित्र ‘सत्यमेव जयते २’ले बक्स अफिसमा कमजोर शुरुवात गरेको छ । यो चलचित्रले बक्स अफिसमा बिहीबार ८ देखि १० करोड भारुको व्यापार गर्ने विश्लेषण फिल्म पण्डितहरुको थियो । तर, चलचित्रको बिहीबारको व्यापार कमजोर देखिएको छ । यो चलचित्रले रिलिजको पहिलो दिन ३.६० करोडको कमाइ गरेको छ ।

चलचित्रको व्यापार मल्टिप्लेक्स हलहरुमा कमजोर छ । सिंगल हलमा यो चलचित्रको व्यापार मल्टिप्लेक्सको तुलनामा केही राम्रो भएपनि बलियो भने नभएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

 

चलचित्रले शुक्रबारबाट सलमान खान अभिनित चलचित्र ‘अन्तिम’सँग बक्स अफिसमा प्रतिस्पर्धा गर्नुपर्नेछ । यसैले पनि जोनको तीनवटा चरित्र रहेको चलचित्रको व्यापार उकासिने अपेक्षा कमै मात्र गर्न सकिन्छ ।

चलचित्रको ट्रेलर र गीतले राम्रो हाइप कमाएपनि व्यापार भने कमजोर हुँदा बलिउड विश्लेषक तथा प्रदर्शकहरु नै अचम्ममा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!